कोरोना संक्रमित सान्टा क्लजको कारण १५७ जना बिरामी, १८ को मृत्यु

246

धर्म । एक केयर होममा कोरोना संक्रमित सान्ता क्लज आएका कारण त्यहाँ बस्ने १२१ मानिस र ३६ कर्मचारी कोरोनाद्वारा संक्रमित भएका छन् । पछि कोरोना संक्रमित भएका १८ मानिसको मृत्यु भएको छ । यो घटना बेल्जियमको हो । डेली मेलको रिपोर्ट अनुसार दुई हप्ता अघि सान्टा क्लज आफ्ना केही साथीसँग बेल्जियमको एन्टवर्पको केयर होम पुगेका थिए । पछि कोरोनाका संक्रमित बढेपछि सान्टा क्लजलाई नै सुपरस्प्रेडर नाम भनियो । २४ र २५ डिसेम्बरमा केय होममा बस्ने पाँचजनाको मृत्यु भयो । यस्तै, एक अन्य व्यक्तिलाई अक्सिजनमा राखिएको छ । रिपोर्टका अनुसार केयर होम आएको केही दिनपछि सान्टा क्लज पोजेटिभ पाइएका थिए ।

स्थानीय मेयर विम कियर्सले केयर होमका लागि यो कालो दिन भएको बताएका छन् । उनले अबको १० दिन मुश्किलले भरिएको हुनेछ । सुरुवातमा मेयरले सान्टा क्लज केयर होम जाँदा नियमको पालना गरेका थिए तर पछि उनले तस्बिरलाई हेरेर नियमको पालना नगरिएको बताए ।
यद्यपि, बेल्जियमको एक प्रमुख भाइरोलोजिस्ट मार्क वेन रेन्स्टले सान्टा क्लजका कारण यति धेरै मानिससहरु संक्रमित भएको हुनसक्ने बताए । उनले केयर होममा खराब भेन्टिलेशनलाई पनि कोरोना फैलनका लागि जिम्मेवार देखाएका छन् ।