कोरियामा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

136

पुस १०,
दक्षिण कोरिया । कोरीयामा कोरोनाको कहर भयानक ढंगले बढ्दै गइरहेको छ । कोरोनभाइरसका विरुद्ध कोरियाले कडा प्रतिबन्धहरु लगाएको छ । तर पनि संक्रमण बढ्दै गएको छ । आज शुक्रबार मात्रै पनि कोरियामा १२१४ जनामा कोरोना संक्रमण फेला परेको जानकारी कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सी (केडीसीए)ले दिएको छ । यसअघि कोरोनाविरुद्ध युद्धस्तरमा अभियान चालेर दक्षिण कोरियाले कोरानासंक्रमणको रोकथाम र नियन्त्रणमा सफलता प्राप्त गरेको थियो । पछिल्ला दिनहरुमा पनि क्रिसमस पर्व र नयाँ वर्षको मौकामा संक्रमण व्यापक फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै कोरियाले कडा प्रतिबन्धहरु लगाउको छ । भौतिक दूरीको सवालमा अत्यन्तै कडाइ गरिएको छ भने एक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरुलाई भेला हुन निषेध गरिएको छ । त्यसै गरी, स्की रिसोर्ट र पर्यटकीय स्थलहरुलाई अस्थायी रुपमा बन्द गरिएको छ ।

यतिखेर दक्षिण कोरियाको राजधानी सियोलमा २।५ तहको कडाइ लागू गरिएको छ । यसअनुसार, त्यहाँ रात्रिकालीन क्लबहरु बन्द गरिएका छन् । रेष्टुराहरुमा बसेर खान निषेध गरिएको छ । रेष्टुराहरुमा राति ९ बजेसम्म मात्रै सामान अडर गरेर लिन वा पुर्याउन मात्रै अनुमति प्रदान गरिएको छ । कोरानाको कहर बढ्दै गइएपछि अहिले भौतिक दूरीको पालनामा कडाइ गर्ने र तिनको उल्लंघन गर्नेका विरुद्ध कडा कारवाही गर्ने कुरा पनि उठेका छन् । विशेषतः अहिले कतिपय रेष्टुराँहरुले राति ९ बजे पनि कारोबार जारी राखेको र आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरेको कुरा आएपछि यस्तो कदम चालिन आँटेको हो ।केडीसीएका अनुसार अहिलेसम्म कोरियामा संक्रमित हुनेहरुको संख्या ५४,७७० पुगेको छ भने मृत्यु हुनेहरुको संख्या पनि ७७३ पुगिसकेको छ ।