”केपी ओली हिट्लर पथमा”

240

पुस १०,
काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा लागेको भन्दै उनको निरंकुशतालाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताएका छन् । कार्की ब्याङ्क्वेटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले ओलीले संसद विघटन गरेर आफुलाई निरंकुशताको पक्षमा उभ्याएको बताए । ‘केपी ओली नितान्त निरंकुशताको बाटोमा हुनुहुन्छ । अहिलेको संविधान अनुसार संसद र प्रदेश सभा विघटन गर्न सक्दैनन्’, खनालले भने, ‘हिट्लर, फासिजम र तानाशाहीको बाटोमा हिँड्नेमाथि जनताले हिसावकिताव गर्छन् ।’

उनले आम जनता संविधान र लोकतन्त्रको पक्षमा भएको भन्दै ‘जंगली र निरश्कुशताको कुरा गर्ने हो भने बेग्लै कुरा हो । राणा शासन पञ्चायत र राजतन्त्रलाई जनताले’ पछारेको बताए । उनले ओलीको भारत भ्रमणबारे गरिएको प्रश्नमा भारतका गुप्तचरसँग आधारातमा भेटेपनि जनतालाई केही जानकारी नगराएको बताए । उनले त्यसैबाट ओली र भारतीय गुप्तचरबीच साँठगाँठ रहेको पुष्टि भएको बताए ।