Friday, July 24, 2026
Home Blog Page 1037
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्। पार्टी कार्यालय परिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन्।प्रहरीले झाँक्रीलाई हिजो नै पक्रन खोजेपनि आफूहरुको जड बलले पक्राउ गर्न...
माघ २९, काठमाडौं । सरकारले आगामी दुई बर्षभित्र इम्बोस्ड नम्बर प्लेट जोडिसक्ने लक्ष्य लिएको छ । मुद्दा परेर रोकिएको करिब २६ महिनापछि पुनस् जडानको सुरु भएको इम्बोस्ड नम्बर प्लेट आगामी दुई बर्षमा देशभरका करिव ३० लाख सवारी साधनमा जोडिसक्ने यातायात व्यवस्था विभागले काम अघि बढाएको हो। दुई बर्षमा देशभरका सबै खालका सवारीसाधनमा जोडिसक्ने योजना बनाएर अघि बढेको यातायात व्यवस्था...
माघ २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दु राष्ट्रको जगविना नेपालको प्रजातन्त्र बलियो नहुने बताएका छन् । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्वारा आयोजित चुनाव चिह्न अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बलियो बनाउनुपर्ने बताए ।उनले यसका निम्ति राजतन्त्र नल्याई सुख नहुने पनि धारणा...
माघ २७, भक्तपुर । प्रहरी प्रधानकार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गर्नुका साथै हालै बढुवा भएका १६ जना एसपीको पदस्थापन गरेको छ । महानगरिय प्रहरी वृत्त थिमिको कमाण्डरमा डीएपी नरहरी रेग्मी आएका छन् ।
माघ २८, काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारबाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७...
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको हो । यसअनुसार कम्पनीले काठमाडौं र नेपालगन्जलाई आधार विमानस्थल मानि विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले अहिले दुर्गम भेगका विमानस्थलमा मात्र उडान गरिरहेको छ ।कम्पनीसँग ट्विनअटर दुई वटा...
माघ २६, काठमाडौँ । कल्याण अधिकारीको निर्देशन फिल्म ‘तेस्का बाजे’ निर्माण हुने भएको छ । बिजी बर्मा फिल्मस्को व्यानरमा कमेडी जनरामा फिल्म निर्माण हुन लागेको हो । फिल्मको सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा शुभ–मूहुर्त गरिएको छ । मूर्हुतमा कलाकार भने सार्वजनिक गरिएन । फिल्मका लागि केही कलाकार छनौट अझै बाँकी रहेको कलाकार सार्वजनिक नगरिएको कार्यक्रममा निर्माण युनिटले जानकारी...
माघ २६, भक्तपुर । प्रेस सङ्गठन नेपाल भक्तपुरको संयोजकमा हेमराज ढकाल चयन भएका छन् । उपत्यका प्रदेश कमिटीको बैठकले भक्तपुरको संयोजकमा ढकाल र सहसंयोजकमा अन्जना शिल्पकारलाई चयन गरेको छ । काठमाडौँ जिल्लाको संयोजकमा पुकार तिमिल्सना, सहसंयोजकद्धयमा ज्योति जिसी र नूरराज कँडेल रहेका छन् । ललितपुर जिल्लाको संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाललाई चयन गरिएको उपत्यका इञ्चार्ज प्रकाश सिलवालले...
माघ २५, भक्तपुर । लोकदोहोरी गायनको क्षेत्रमा लगार सक्रिय हुदैं आएका गायक पुष्कर चोलागाई नयाँ गीत लिएर आएका छन् । 'सनम' नामक गीत केही दिन अगाडीमात्र युटुवमा सार्वजनिक भएको छ । जसमा गायक चौलागाई, किरण गौतम गायिकामा पार्वती कार्की र सविना चौलागाईको स्वर रहेको छ । यस गीतको लय र संगीतमा किरण गौतम सिर्जना रहेको छ । गीतको म्युजिक भिडियो...
-रशिला होमागाई माघ २५, नगरकोट । शुक्रबारदेखि मौसममा आएको फेर बदलसगै शनिबार देशका केहि स्थानमा पानी परेको छ । आइतबार बिहान नगरकोट नजिकैको ढाडागाउँबाट खुलेको हिमालको मनमोहक दृश्य देखिएको छ । पछिल्लो समय मण्डनदेउपुर नगरपालिका वडा न.१ ढाडागाउँमा पर्यटन पुर्वाधार बन्ने क्रममा दुई रिसोर्ट संचालकमा आइसकेका छन् । एउटा निर्माणाधीन अवस्था छ । तामाङ समुदायको बस्ती रहेको यस स्थानमा स्थानीयले...