काभ्रेको ढाडागाउँबाट खुलेको हिमाल हेर्दा

354

-रशिला होमागाई
माघ २५, नगरकोट । शुक्रबारदेखि मौसममा आएको फेर बदलसगै शनिबार देशका केहि स्थानमा पानी परेको छ । आइतबार बिहान नगरकोट नजिकैको ढाडागाउँबाट खुलेको हिमालको मनमोहक दृश्य देखिएको छ । पछिल्लो समय मण्डनदेउपुर नगरपालिका वडा न.१ ढाडागाउँमा पर्यटन पुर्वाधार बन्ने क्रममा दुई रिसोर्ट संचालकमा आइसकेका छन् । एउटा निर्माणाधीन अवस्था छ । तामाङ समुदायको बस्ती रहेको यस स्थानमा स्थानीयले होम स्टे सुरु गर्ने तयारी गरेको बिकीराम तामाङले बताए । नगरकोटभन्दा करिब ३ किलोमीटर तल रहेको गाउँमा पर्यटन सम्बन्धि गतिविधि बढाउन सके सर्वसाधारण समेत लाभान्वित हुने तामाङ बताउँछन् । यहाँबाट जुगल, गौरी संकर, लाङटाङलगायतका हिम श्रृङखलाको दृश्य देखिन्छ ।