कल्याण अधिकारीको निर्देशन ‘तेस्का बाजे’ निर्माण हुँदै

144

माघ २६,
काठमाडौँ । कल्याण अधिकारीको निर्देशन फिल्म ‘तेस्का बाजे’ निर्माण हुने भएको छ । बिजी बर्मा फिल्मस्को व्यानरमा कमेडी जनरामा फिल्म निर्माण हुन लागेको हो । फिल्मको सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा शुभ–मूहुर्त गरिएको छ । मूर्हुतमा कलाकार भने सार्वजनिक गरिएन । फिल्मका लागि केही कलाकार छनौट अझै बाँकी रहेको कलाकार सार्वजनिक नगरिएको कार्यक्रममा निर्माण युनिटले जानकारी दियो । कल्याण अधिकारीको निर्देशन रहेन फिल्मका प्रस्तुतकर्ता राम महर्जन र निर्माता शत्रुधन अन्सारी हुन् । आगामी चैतको पहिलो साताबाट छायाँकन सुरु हुने बताइएको फिल्ममा दिवस गुरुङको छायाँंकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत र राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको गीतमा स्वर रहनेछ । निर्देशक अधिकारीले फिल्म काठमाडौं, धरान, इलाम र झापामा छायाँंकन गरिने बताए ।