ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको प्रचण्डको आरोप

226

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्।
पार्टी कार्यालय परिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन्।

प्रहरीले झाँक्रीलाई हिजो नै पक्रन खोजेपनि आफूहरुको जड बलले पक्राउ गर्न नसकेको उनको दाबी थियो। ‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा पक्राउ गरेको भन्नेछ,’ प्रचण्डले भने। ओलीले आफ्ना समूहका नेतालाई पक्राउ गर्न सुरु गरेकाले त्यसविरुद्ध आन्दोलन सशक्त बनाउने उनको भनाई थियो।’उनीहरुले कहाँ प्रहार गर्न खोजेको छ त्यो त देखियो नी। लोकतन्त्र माथि ताला लगाउने काम भएको छ,’ उनले भने।
झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको भन्दै घरमै गएर पक्राउ गरेको थियो।