‘हिन्दुराष्ट्र विना नेपालको प्रजातन्त्र बलियो हुँदैन’

224

माघ २७,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दु राष्ट्रको जगविना नेपालको प्रजातन्त्र बलियो नहुने बताएका छन् । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्वारा आयोजित चुनाव चिह्न अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बलियो बनाउनुपर्ने बताए ।

उनले यसका निम्ति राजतन्त्र नल्याई सुख नहुने पनि धारणा राखे । कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै अध्यक्ष राणाले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफूहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर गरे । अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनको निम्ति कम्युनिष्टलाई जनादेश दिइएको भएपनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए ।