प्रेस संगठन भक्तपुरको संयोजकमा ढकाल

92

माघ २६,
भक्तपुर । प्रेस सङ्गठन नेपाल भक्तपुरको संयोजकमा हेमराज ढकाल चयन भएका छन् । उपत्यका प्रदेश कमिटीको बैठकले भक्तपुरको संयोजकमा ढकाल र सहसंयोजकमा अन्जना शिल्पकारलाई चयन गरेको छ । काठमाडौँ जिल्लाको संयोजकमा पुकार तिमिल्सना, सहसंयोजकद्धयमा ज्योति जिसी र नूरराज कँडेल रहेका छन् । ललितपुर जिल्लाको संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाललाई चयन गरिएको उपत्यका इञ्चार्ज प्रकाश सिलवालले बताए ।