Wednesday, July 22, 2026
Home Blog Page 1010
असार २१, काठमाडौं । कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् । बैंकिङ कसुरमा फरार रहेका राणालाई आज प्रहरीले पक्राउ गर्न सफल भएको हो । राणालाई उच्च अदालत पाटनले...
असार १९ काठमाडौ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुको साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा...
असार १९, काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो । हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ भने भिमफेदी–९ अघोर, थाहा...
असार १९, भक्तपुर । आफ्नै बाबुले १५ वर्षकी छोरीलाई कूनियत राखेको भन्दै प्रहरी उजुरी परेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरि बस्दै आएका ३१ वर्षका पुरुषलाई प्रहरीले बाल यौन दुराचारको आरोपमा पक्राउ गरेको हो । ‘आफ्नै बाबुले मेरो संबेदनशिल अंगमा छुने, समाउने कार्य गरेको र पछिका दिनमा पनि एकान्त ठाँउ पाउँदा सोही किसिमको हर्कत गर्न...
असार १८, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९स्४५ बजे हुनेछ ।...
असार १८, काठमाडौं । गत जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ...
असार १८, सिन्धुली । सिन्धुलीमा बुधबार रातिदेखि आजसम्म निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण आएको बाढी र पहिरोका कारण केही मानवीय र धेरै भौतिक क्षति भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोको कारण सिन्धुलीमा हालसम्ममा दुई जनाको ज्यान गएको हो।बिहीबार बिहान साढे पाँच बजेतिर आएको पहिरोले लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा बस्दै आएका...
असार १८, काठमाडौं । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्र्याक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको...
असार १८, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् । पार्टीभित्र अन्तरविरोध चलिरहँदा वामदेव भने स्वतन्त्र भूमिकामा रहेका छन् । यसअघि उनले एक विज्ञप्ति जारी गर्दै माधव नेपालले नयाँ पार्टी खोले त्यसमा...
भान्छा । स्वस्थ्य रहनका लागि हाम्रो खानपिन पनि सन्तुलित र पोषिलो हुनुपर्छ। हामी के खाँदैछौ भन्ने विषयमा सचेत रहनुपर्छ। किनभने हामीले खाने हरेक खानेकुराले शरीरमा फाइदा की त बेफाइदा गर्दछ। स्वस्थकर खानेकुराको चर्चा गर्दा ब्राउन राइसको नाम पनि आउँछ। अहिले धेरैजसो मानिसले ब्राउन राइस खान थालेका छन्। ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ। किनकी यो कम प्रशोधित...