Wednesday, July 22, 2026
Home Blog Page 1009
चितवन । २१ वर्षीया विना सापकोटा बेपत्ता भएको शनिवार १२ दिन पूरा भयो । गैंडाकोट नगरपालिका–४ की साउकोटा अहिलेसम्म पनि उनको कुनै अत्तोपत्तो छैन । उनी कहाँ, कसरी बसेकी छन् भन्ने कुरा न प्रहरीले सुराक पाएको छ, न त परिवारले नै कुनै अनुमान लगाउन सकेको छ । छोरीको खोजीमा लागेका विनाको बुबा जयश्वर सापकोटा छोरी भेटिनेमा अझै आशावादी छन्। उनी...
असार २६, काठमाडौं । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।...
असार २६, काठमाडौं । नेपालमा २४ घण्टामा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।...
असार २६, भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले स्थानीय तहमा जनप्रतिनिधि आएर ४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको बताए । नगरपालिकासंगको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्रद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा नगरप्रमुख थापाले भने 'हामी निर्वाचित भएको ४ वर्षको अवधिमा ६७ किलोमिटर सडक कालोपत्रे र ढलान सम्पन्न भइसकेको छ ।' थापाले आफूहरुले नगरपालिकाबाट प्रवाह गरिने सेवा र पूर्वाधार...
असार २५, काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।स्वास्थ्य सेवा विभागको खोप शाखाका...
असार २५, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । ठूलो पहिरा...
असार २५, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित...
असार २५, कैलाली । कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने नेपालीहरुको संख्यामा वृद्धि हुन थालेको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै ठुलो संख्यामा नेपालीहरु भारतका विभिन्न सहरबाट फर्किएका थिए । संक्रमणको रफ्तार केही कम...
असार २४, भक्तपुर । चाँगुनारायण नगरपालिकाले सामुदायिक होमस्टेलाई आवश्यक सहयोग गर्ने नगरप्रमुख सोम प्रसाद मिश्रले प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार चाँगुनारायण नगरपालिकाको वडा नम्बर ४ मा होमस्टे तालिमको समापन कार्यक्रममा मिश्रले भने यदि होमस्टे सचालन गर्न समस्या भए हामी सहयोग गर्न प्रतिवद्ध छौं । पैसा नभएर काम रोकिदैंन, तपाईहरु इमान्दार हुनु पर्दछ, सहुलियत पूर्ण व्याजमा नगरपालिकाले ऋण दिलाउन...
असार २१, काठमाडौं । एक युवकको हत्या गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिबाट २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका...