वामदेव गौतम पार्टी बैठकमा जाने

101

असार १८,
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् । पार्टीभित्र अन्तरविरोध चलिरहँदा वामदेव भने स्वतन्त्र भूमिकामा रहेका छन् । यसअघि उनले एक विज्ञप्ति जारी गर्दै माधव नेपालले नयाँ पार्टी खोले त्यसमा चाहिँ आफू सामेल हुने बताएका थिए ।

आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । नेपाल पक्षले आग्रह गरे पनि अहिलेसम्म बैठक स्थगित हुने कुनै संकेत देखिएको छैन । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बस्दै छ ।