Wednesday, July 22, 2026
Home Blog Page 1011
असार १५, भक्तपुर । प्रहरीले बालिकालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बालिका भक्तपुर नगरपालिका वडा नं. ९ कमलबिनायक स्थित डेरा आफै कोठमा कोठामा बसिरहेको अवस्थामा दोलखा बैतेश्वर गाऊँपालिका वडा नं.४ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ९ बस्ने बसन्त दमाईले करणी गरेको प्रहरीले जानकारी दिएको छ । दमाईले सोमबार दिउँस १२ वर्षकी बालिकालाई...
असार १५, काठमाडौं । कंगोमा रहेको नेपाली शान्ति सैनिकले त्यहाँ जीर्ण अवस्थामा रहेको एउटा पुलको मर्मत पछि सञ्चालनमा ल्याएको छ। नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयबासिन्दाको आवत-जावत तथा फौजको हर्कत समेतमा बाधा परिरहेको सारी नदी माथि रहेको पुलको मर्मत गरेर सञ्चालन गरेको हो। कंगोमा तैनाथ श्री नं २४ फिल्ड गुल्म इन्जिनियर्स ले उक्त पुलको मर्मत गरेर...
असार १५, बागलुङ । जिल्लाका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् ।घाँस काट्न जाँदा बेखबर भएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन । प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट...
असार १५, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।यसैगरी, देशको प्रदेश नं १, प्रदेश...
असार १४, काठमाडौं । निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको हो । बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको...
असार १४, भक्तपुर । नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म जयन्ती अवसरमा भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सूयविनायकमा मदन स्पोर्टस एकेडेमी आयोजना गरेको सो रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् ।
असार १४, काठमाडौं । थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा हाजार्डले एक...
असार १४, काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पलुवामा जिल्लामा आतंककारीको आक्रमणमा एक विशेष प्रहरी अधिकारी एसपीओ र उनकी श्रीमतीको मृत्यु भएको छ। घटनामा उनीहरुकी छोरी घाइते भएको जनाइएको छ। अधिकारीहरुका अनुसार जिल्लाको अवन्तीपोरास्थित हरिपरिगाममा राति करिब ११ बजे आतंककारीहरुको समूह एसपीओ फैयाज अहमदको घरमा घुसेर गोली चलाएको थियो। घटनामा गम्भीर घाइते भएका एसपीओ दम्पतीको अस्पतालमा मृत्यु भएको हो। कश्मीर जोन...
काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक विद्यार्थीलाई वितरण भइरहेको पाइएको छ । लिम्पियाधुरासम्मकै क्षेत्र समेटर नयाँ नक्सा एक वर्षअघि नै जारी गरिएको भए पनि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नक्सा अद्यावधिक नगरिएको हो । शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले समयमा निर्देशन नदिँदा जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृहले सामाजिकलगायत विषयको...
काठमाडौं । चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई...