भक्तपुरको सुडालमा बाबुले छोरीमाथी कूनियत राखेपछि…..

209

असार १९,
भक्तपुर । आफ्नै बाबुले १५ वर्षकी छोरीलाई कूनियत राखेको भन्दै प्रहरी उजुरी परेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरि बस्दै आएका ३१ वर्षका पुरुषलाई प्रहरीले बाल यौन दुराचारको आरोपमा पक्राउ गरेको हो । ‘आफ्नै बाबुले मेरो संबेदनशिल अंगमा छुने, समाउने कार्य गरेको र पछिका दिनमा पनि एकान्त ठाँउ पाउँदा सोही किसिमको हर्कत गर्न खोजेको’ बालिकाले उजुरीमा उल्लेख गरेकी छिन् ।

बालिकाले १७ गते शुक्रबार आफ्नै बर्ष ३१ को बाबु विरुद्ध महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरमा संरक्षकको रोहवरमा बाल यौनदुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्त दिएकी हुन् ।
शुक्रबार साँझमा कानून बमोजिम पीडकलाई पक्राउ गरीको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।
भक्तपुर जिल्ला अदालतमा कसुरदारलाई पेश गर्दा दिन ५ (पाँच) म्याद थप अनुमति प्राप्त गरी यस बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।