-जानु काम्बाङ्ग लिम्बु
हिंडेर नसकिने बाटो जिन्दगीको
नाघेर नसकिने खाल्डो जिन्दगीको
जब नाघ्दै नाघ्दै गएर पुगिन्छ जहाँ
त्यहाँ पाइन्छ एकमुठी माटो जिन्दगीको ।पहिले नै भेटिन्छन् हजार दुखहरू बाटोमा
लैजान सकिन्न सुख गोजीबिनाको कात्रोमा
एक मुठी माटो र आँसुको भारि बोकेर
एक्लै निस्कन्छौं हामी अन्तिम शव यात्रामा ।केही छैन भोलि लैजाने, किन गर्नु लोभ आज
केहीदिनको पाहुना मात्र हौँ धर्ती आकास माँझ
जब जान्छ सास अनि लास बन्दछौँ हामी
लासमा...
साउन २०,
काठमाडौं । यही साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए ।मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा...
साउन २०,
काठमाडौं । जिल्लाको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय विपिन मगर उर्फ विकेश, २५ वर्षीय मन्दिप थापा र १९ वर्षका सुजन मगर छन् । स्कुटरमा सवार उनीहरुको साथबाट १ थान पेस्तोल, म्यागाजिन र पाँच राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर...
साउन १९,
काठमाडौं । नेपाली क्र्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी...
ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ ।
ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ । र मेटाबोलिक पनि मजबुत बन्छ । यसले खाना पनि सजिल्यै पचाउन मद्दत गर्छ । ज्वानोको सेवनले शरीरमा सही तरिकाले पोषक तत्व शरीरले...
साउन १९,
धादिङ । जिल्लाको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर...
साउन १९,
काभ्रे । नगरकोटमा रहेको होटल, रेष्टुरा र पर्यटन व्यवसायसंग आवद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान गरेकोे हो ।
नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङ्गका अनुसार होटल संचालक तथा होटलमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई खोप दिएको छ ।
नगरकोटमा रहेका होटलमा कार्यरत...
साउन १९,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका अधिकांस भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।आगामी तीन दिनको मौसम पूर्वानुमान२०७८ श्रावण १९ गते (मंगलबार)दिउँसो: देशभर सामान्य...
-राजधानी दैनिक
साउन १९, काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन ।
सो विषयमा सहमति गर्न भन्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति नभएपछि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र...
साउन १९,
काठमाडौं । आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा खेमराज खनाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खनाललाई पक्राउ गरेको एसएसपी अशोक सिंहले बताए । उनका अनुसार खनालले डेढ लाख रुपैयाँ ठगी गरेको आरोप छ । ‘थप व्यक्ति पनि उनीबाट ठगिएको सूचना छ यद्यपि उजुरी आइसकेको छैन’ उनले भने, ‘पक्राउ गरेका छौं, अब विस्तृत...










