मेलम्चीका १८ परिवार विस्थापित

45

साउन २०,
काठमाडौं । यही साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए ।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए । विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर आज नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पुर्याइएको जानकारी दिए ।