अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिएको पारस खड्काको घोषणा

61

साउन १९,
काठमाडौं । नेपाली क्र्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’

नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए । उनको प्रेरणामा नेपाल अन्डर १९ विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।