ठग पत्रकार पक्राउ

160

साउन १९,
काठमाडौं । आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा खेमराज खनाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खनाललाई पक्राउ गरेको एसएसपी अशोक सिंहले बताए । उनका अनुसार खनालले डेढ लाख रुपैयाँ ठगी गरेको आरोप छ । ‘थप व्यक्ति पनि उनीबाट ठगिएको सूचना छ यद्यपि उजुरी आइसकेको छैन’ उनले भने, ‘पक्राउ गरेका छौं, अब विस्तृत अनुसन्धान हुन्छ ।’

खनाल विभिन्न प्रहरी उच्च अधिकृतहरुसँग तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्ने गर्थें । त्यही फोटोको आधारमा प्रहरीसँग निकट सम्बन्ध छ भनेर उनीले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनलाई गत वर्ष प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालले सम्मान गरेको थियो । तर तत्कालीन कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी हरिबहादुर पालले उनको चरित्र ठिक नभएको भन्दै सम्मान खोस्ने निर्णय गरेका थिए ।