पेस्तोल र खुकुरी सहित तीन जना पक्राउ

175

साउन २०,
काठमाडौं । जिल्लाको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय विपिन मगर उर्फ विकेश, २५ वर्षीय मन्दिप थापा र १९ वर्षका सुजन मगर छन् । स्कुटरमा सवार उनीहरुको साथबाट १ थान पेस्तोल, म्यागाजिन र पाँच राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले रातोपाटीलाई बताए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले विकेश मगरको झोलाबाट २ थान खुकुरी र गाँजा पनि बरामद गरेको छ । आरोपीहरुबारे महारागञ्ज वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ । उनीहरु प्रहरी चेकजाँच देखेपछि चलाइरहेको स्कुटर सडकमै छाडेर भागेका थिए । प्रहरी टोलीले पिछा पर्दै गएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।