Wednesday, July 22, 2026
Home Blog Page 1003
साउन २३, काभ्रे । जंगलबाट आहार खोज्दैं आएका बदेँल, बादँर मकै खाने र बाघले खसी÷बाख्रा खाइदिदाँ किसानलाई नोक्सानी थपिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानमा किसानले छरेको मकैको बोट बदेँलले भाचिदिदाँ नोक्सान भएको हो । बादँरले खोस्टा नंगायर मकै खाने भएको उत्पादनमा कमी हुने किसानहरुको भनाई छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ हलेदेँका नविनराज बस्ताकोटीका अनुसार...
साउन २२, दाङ । जिल्लाको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्। ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते मर्‍यो,’ सुवेदीले भने, ‘त्यो खबर थाहा...
साउन २२, काठमाडौं । इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता गलत सूचनाप्रति सजग रहन आग्रह गरेको छ ।विभागका निर्देशक महेन्द्रनाथ...
साउन २२, भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन भक्तपुर लगायत उपत्यकामा गथांमुगः चःह्े पर्व मनाइन्छ । यसलाई घण्टाकर्ण पर्व पनि भनिन्छ । भक्तपुरमा शुक्रबार बिशेष रुपमा मनाइदैं छ । उपत्यकामा रहेका नेवार समुदायले यो पर्वको दिन नयाँघरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान घर पुजा गर्ने र साझँ टोलका सबै जना मिलेर केही पर लगेर...
साउन २२, काठमाडौं । नायीका करिश्मा मानन्धर उमेरले ५ दशक कटिन् । तर, उनी अहिलेपनि सदावहादर देखिन्छिन् । एउटी छोरीकी आमा उनी हाल आएका नयाँ नायीका भन्दा पनि सुन्दर देखिन्छिन् । हेरौं केही तस्विरमा,उनकै फेसबुकबाट लिएको तस्विर
साउन २२, काठमाडौं । देवि ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मुल सडकसम्म निकालिएको जुलसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले ‘जमिन त खोसिस्...
साउन २२, काठमाडौं । आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर...
साउन २१, बैतडी । जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् ।बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको...
साउन २१, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा ...
-जानु काम्बाङ्ग लिम्बु हिंडेर नसकिने बाटो जिन्दगीको नाघेर नसकिने खाल्डो जिन्दगीको जब नाघ्दै नाघ्दै गएर पुगिन्छ जहाँ त्यहाँ पाइन्छ एकमुठी माटो जिन्दगीको ।पहिले नै भेटिन्छन् हजार दुखहरू बाटोमा लैजान सकिन्न सुख गोजीबिनाको कात्रोमा एक मुठी माटो र आँसुको भारि बोकेर एक्लै निस्कन्छौं हामी अन्तिम शव यात्रामा ।केही छैन भोलि लैजाने, किन गर्नु लोभ आज केहीदिनको पाहुना मात्र हौँ धर्ती आकास माँझ जब जान्छ सास अनि लास बन्दछौँ हामी लासमा...