Sunday, September 27, 2026
Home खेलकुद मित्रश्री पाठशालमा टेबुल टेनिस प्रतियोगिता सम्पन्न

मित्रश्री पाठशालमा टेबुल टेनिस प्रतियोगिता सम्पन्न

186

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. २ मा रहेको मित्रश्री पाठशालामा इन्टर हाउस टेबुल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । सोमबार पाठशालका विद्यार्थीहरुले अन्तीम चरण प्रतिस्पर्धा गरेका थिए । जसमा विद्यार्थीहरुको ब्लू, ग्रीन, रेड र यल्लो हाउसबीच टेबुल टेनिस प्रतियोगितमा प्रतिस्पर्धा भएको विद्यालयका प्रर्चाय दिपक बिस्टले जानकारी दिए ।

विभिन्न कक्षाका १६ जन विद्यार्थीहरु सहभागी भएका थिए । प्रथम हुनेमा ग्रीन हाउसका इशान सुवाल प्रथम, एन्जेल खड्का, ब्लू हाउसका कृष्ण खड्का, ग्रीन हाउसका श्रीसंग तामाङ रहेका छन् । दोस्रो हुनेहरुमा ब्लू हाउसकी स्मृति पहरी, येल्लोका उत्सव बुढाथोकी, सुजल जैति, ग्रीन हाउसकी प्रनिशा भण्डारी रहेका छन् । तेस्रो हुनेहरुमा विकाश खड्का, सन्देश सिलवाल, श्रद्धा सरदार, प्रंशसा नेपाल, बल्लु सुवाल, स्पर्श थापा, आयुषा बाटी र आयुषा गजुरेल छन् ।
कार्यक्रममा बिजेताहरुलाई ओलम्पिक कमिटिका उपाध्यक्ष टीटी संघ अध्यक्ष चतुरानन्द वैद्य, जिल्ला खेलकुद विकाश समिती भक्तपुरका अध्यक्ष दिपक थापा, समाजसेवी रामगोपाल चौगूठी, राष्ट्रिय प्रशिक्षक मोहनदास बासुकलाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।