Sunday, September 27, 2026
Home खेलकुद टी-ट्वेन्टी र्‍याङकिङमा नेपाल १४औँ स्थानमा, क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन सिफारिस

टी-ट्वेन्टी र्‍याङकिङमा नेपाल १४औँ स्थानमा, क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन सिफारिस

91

माघ २१,
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाललाई समावेश गरेर पछिल्लो टी–ट्वान्टीे वरियतामा सार्वजनिक गरेको छ। सोमबार आइसिसीले सार्वजनिक गरेको वरियतामा नेपाल १४ औँ स्थानमा रहेको छ। नेपालभन्दा पछि युएई, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन्। आइतबारसम्म बरियतामै नभएको नेपालले ४ वटा टीमलाई पछि पार्दै १४ औँ नम्बरमा आफ्नो स्थान बनाएको छ। नेपालभन्दा अघि १३ औँ स्थानमा नेदरल्यान्ड, १२ औं स्थानमा जिम्वाब्बे, ११ औँ स्थानमा स्कटल्यान्ड रहेका छन्। बरियताको पहिलो नम्बरमा पाकिस्तान रहेको छ। पाकिस्तानपछि बरियताको दोस्रो नम्बरमा भारत, तेस्रो नम्बरमा साउथ अफ्रीका, चौथो नम्बरमा इङल्यान्ड, पाँचौँ नम्बरमा अष्ट्रेलिया र छैटौँ नम्बरमा न्युजील्यान्ड छन्। त्यस्तै बरियताको सातौँ स्थानमा वेस्टइन्डिज, आठौँमा अफगानस्तान, नबौँमा श्रृलंका र १० औँ स्थानमा बंगलादेश रहेका छन्। नेपालले एकदिवसीयको १५ नम्बरमा समेत स्थान बनाइसकेको छ। नेपालले युएई विरुद्ध तीन वटा एकदिवसीय र तीन वटा ट्वान्टीट्वान्टी खेल खेलेपछि आइसिसीले बरियाता हेरफेर गरेको हो। नेपालले दुबै फर्म्याटमा दुई–दुईवटा म्याच जितेर सिरिज नै आफ्नो पक्षमा पारेको थियो।

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन सिफारिस

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’

साथै राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनहीँ १०/१० हजार रुपैयाँ दिएका छन्।