भक्तपुर । सूर्यविनायक नगरपालिका चौथो राष्ट्रपति रनिङशील प्रतियोगिताको उपाधी अरुणको माध्यमिक विद्यालयले जितेको छ ।
नगर खेलकुद विकास समितिद्वारा आयोजना गरेको चौथो राष्ट्रपति रनिङशील प्रतियोगिता अरनिको माध्यमिक विद्यालयले १६ स्वर्ण १३ रजक र ७ काश्य सहित प्रथम स्थान हासिल गरेको हो ।
यसैगरी कुलमाया भगवतीले ८ स्वर्ण ४ रजत ५ काश्य पदक सहित दोस्रो स्थान, मिडब्याली स्कुलले ८ स्वर्ण चार रजत २ काश्य सहित तेस्रो स्थान हासिल गरेको नगर खेलकुद विकास समितिका सदस्य सचिब दिपक थापाले जानकारी दिएका छन् ।
प्रथम हुनेहरू अरनिको माध्यमिक विद्यालयले नगद पुरस्कार रु. ५० हजार, कुलमाया भगवतीले नगद पुरस्कार रु ३० हजार प्राप्त गरेका छन् । तृतीय हुन सफल मिडभ्याली स्कुले रु २० हजार प्रमाणपत्र ट्रफी प्राप्त गरेको छ । सदस्य सचिब थापाले प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने भलिबल, कराते, एथलेटिक्स, तेक्वान्डो र कबड्डी संघलाई र अफिसियल रेफ्रीहरूलाई धन्यवाद दिएका छन् ।




















