Sunday, September 27, 2026
Home खेलकुद राष्टिय खेलकुद समितिको सदस्य सचिवमा सुदिलको चर्चा

राष्टिय खेलकुद समितिको सदस्य सचिवमा सुदिलको चर्चा

342

सविना घिमिरे ।
जेठ २६,
काठमाडौँ । नेपालको खेलकुदको सरकारी स्तरको एकमात्र संस्था राष्टिय खेलकुद परिषद् नेतृत्वमा सुदिल शाही वन्ने लगभग पक्का पक्की भएको छ ।
ललितपुर जिल्लाका स्यायी वासिन्दा शाही पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डका गुरु समेत रहेका शाही लोकप्रिय खेलाडीका साथै कुशल राजनीतिज्ञ पनि हुन् टेवलटेनिस खेलका विज्ञता शाही खेलप्रति अनुशाशित, इमान्दार तथा सरल स्वभावका छन् ।

उनले गरिब प्रतिभावन् खेलाडीलाई आफ्नो तर्फबाट सहयोग गदै आएका शाहि हालका सदस्य सचिव केशव विष्टको समयसिमा सकिनै लाग्दा उनको नाम चर्चामा आएको हो । उनि राष्ट्रिय खेलकुद परिषदको वोर्ड सदस्य एवं प्रदेश नं ३ का संयोजक समेत हुन् । लोकप्रिय खेलाडीहरका बिचमा परिचित शाहीले विभिन्न जिल्ला तथा राष्ट्रिय स्तरको खेलमा समेत सहयोगिका रुपमा खेलाडीका पिर मर्का बुझि उनिहरुलाई राहात प्रदान गर्ने एक कुशल प्रशिक्षकको सफल भूमिका निर्वाह गरिरहेका छन् । ।