Sunday, September 27, 2026
Home अर्थ संसदमा आजदेखि प्रि–बजेटमाथि छलफल

संसदमा आजदेखि प्रि–बजेटमाथि छलफल

43

काठमाडौं : संसदमा सोमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल हुँदैछ। प्रतिनिधिसभामा सोमबारदेखि बुधबारसम्म प्रि–बजेट छलफल हुने संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम तय भएको छ। प्रतिनिधिसभाको बजेट अधिवेशन शुरु भएको पहिलो दिन आइतबार अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। आजदेखि त्यसैमा छलफल हुन लागेको हो । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रिबजेटमाथिको छलफल सक्नुपर्ने व्यवस्था छ। प्रि–बजेट छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ। त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ।