कविता: मेरो प्यारो जिन्दगी

60

-सुशीला ढकाल

मेरो प्यारो जिन्दगी-मलाई उर्जा देउ,
प्रत्येक दिन पूर्ण रूपमा पालना गर्न र हरेक पलको भरपुर सदुपयोग गर्न

मलाई साहस देउ,म जे गर्न सक्षम छु त्यो गर्नका लागि। मेरा लागि सहि र गलत के हो छनोट गर्नका लागि ।

मलाई कृपा गर ,
मेरो नियन्त्रण भन्दा बाहिरको कुरा स्वीकार गर्न र जुन कुरा मेरो बस् मा छ त्यसको लागि लड्ने साहस बटुल्न ।

कृपया मेरो मनलाई आनन्द दिने, जिबन लाई अर्थपूर्ण बनाउने र मेरो प्राप्ति लाई पुर्णता प्रदान गर्नेहरु प्रती सदैव कृतज्ञ हुदै मलाई साच्चैनै आफ्नो सम्झेर माया गर्नेहरु सङग बिताएका पलहरुलाई महत्वका साथ सङगालेर राख्न मलाई मद्दत गर।

प्यारो जिन्दगी, मलाई शान्त रहन मदत गर, जिबनका हरेक आरोह-अवरोह हरुमा आफ्नो चाहना बमोजिमको प्राप्ति मा होस या गुमाउनुपरेको अबस्थामा पनि ।
हुन सक्छन कति कुरा प्रिय लागेर पनि क्षणिक त कति दिगो, मलाई क्षणिक खुसीमा भन्दा पनि अनन्त वास्तविक स्वरुपको चित्रण गरिदेउ।

मलाई साहस देउ
म जे परिवर्तन गर्न सक्षम छु त्यो परिवर्तन गर्न,र हुनसक्छन् कति कुरा
मेरो नियन्त्रण भन्दा बाहिर छन ती कुरा स्वीकार गर्न।

प्यारो जिन्दगी-कृपया मलाई चिन्ता ,डर, पीडा र आक्रोशलाई कसरी नियन्त्रण गर्ने सिकाइदेउ । जसले गर्दा म आफू तनावमुक्त, हलुका, बोझरहित र स्वतन्त्र रहन सकु र अरुलाइ पनि बुझ्न सकु।

र मलाई दुख पर्दा /चोट लाग्दा निको पार्ने मलम बनिदेउ प्यारो जिन्दगी । जब म आफुमा कमजोर महसुस गरिरहेको हुन्छु, तिमिले मलाई मेरो भित्री शक्तिको सम्झना गराइदेउ ।
जुन समयमा म हराएको महसुस गर्नेछु, तिमिले मलाइ मेरो जिबनको उदेश्य र अर्थ पुनः पत्ता लगाउन मदत गरिदेउ ।
जब म एक्लो हुनेछु र एक्लै भएको महसुस गरिरहेको हुनेछु, तिमिले मलाई यो सम्झाइदेउ कि,-जीवनका हरेक पाटाहरुको उत्तिकै महत्त्व हुन्छ। दुख-सुख, हाँसो-आशु सबै कुरा अन्तरसंबंधित हुन्छन् ।
जब मैले आफैमा भरोसा गुमाएको हुन्छु, मलाई म को हु? सम्झन मदत गरिदेउ।
-प्यारो जिन्दगी ।

हरेक ब्यक्तिका लागि आफ्नो जिबन प्यारो हुन्छ। यो जिबन लाई सार्थक बनाउन र आफैमा आशा, भरोसा अनि आत्मबिश्वास लाई कायम राख्न सबैले आफू प्रती सजग बनुन र शारिरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्यको ख्याल राखुन, भन्ने काममा सहित ।

भक्तपुर