Monday, September 28, 2026
Home अर्थ शेयर बजारमा गिरावट

शेयर बजारमा गिरावट

21

काठमाडौं । पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७९ दशमलव ९४ र निर्जीवन बीमा समूह एक सय ५३ दशमलव ३६ अङ्कले घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह १५ दशमलव ११, विकास बैंक समूह ६१ दशमलव ५२, वित्त समूह २७ दशमलव ७३, होटल तथा पर्यटन समूह ४३ दशमलव ०४ र जलविद्युत् समूह ५७ दशमलव ९० अङ्कले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह ४९ दशमलव ८१, लघुवित्त ४४ दशमलव ३५, म्युचुअल फन्ड शून्य दशमलव १०, अन्य समूह १७ दशमलव तीन र व्यापार समूह २७ दशमलव ३३ अङ्कले घटेको छ । आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गिरावट भने माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को शेयरमूल्य सात दशमलव ७५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको रू पाँच करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट लिमिटेडको रू पाँच करोड ७८ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर शेयर दुई लाख २३ हजार चार सय ३७ कित्ता खरिद बिक्री भएको छ ।