Thursday, October 1, 2026
Home अर्थ मेलम्चीको बाँकी काम सक्न अझै सिएमसीलाई फर्काउने प्रयास

मेलम्चीको बाँकी काम सक्न अझै सिएमसीलाई फर्काउने प्रयास

77

फागुन २,
काठमाडौं- खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रूपमा कहीकतै नचुकेको तर बाँकी काम सक्न सिएमसी विकल्प हुन सक्ने बताएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बिहीबार मन्त्री मगरले सिएमसीसँग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यता रहेकाले ठेक्का तोडिएको बताएकी हुन्। ुसिएमसी र हामीले दुवै तर्फबाट मेलम्चीको ठेक्का तोड्ने निर्णय गरेका छौँ। तर, ठेक्का तोडिए पनि कम्पनी पुनः काममा फर्किन तयार छ भने उसबाट नै काम गराउने पक्षमा मन्त्रालय र सरकार रहेको छ। सिएमसीबाट बाँकी काम गराउने विषयमा कुनै कानुनी जटिलता भने छैनु मन्‍त्री मगरले भनिन्। मेलम्चीको काम सुरु गर्ने विषयमा मन्त्रालयले दुई विकल्पमा छलफल गरिरहेको मन्त्री मगरले बताएकी छन्। ुहामीसँग २ विकल्प छन्। एउटा सिएमसीलाई फर्काउने र दोस्रो नयाँ टेण्डर गर्ने। तर, हामीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेका छौँ। यसकारण मेलम्चीको काम छिटो सम्पन्न होस् भनेरु, मन्त्री मगरले थप प्रष्ट्याउँदै भनिन्। मेलम्ची समितिले आयोजनाको बाँकी काम सम्पन्न गर्न अन्तिम गृहकार्य गरेको छ। अझै पनि सिएमसी आउँदा नै नेपाल मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कंडेलले सिएमसी नै काममा फर्कदा लागत कम हुने र समय बचत हुने भएकाले पहिलो विकल्पमा राखिएको बताए।-थाहाखबर