बागमती प्रदेश स्तरिय महिला तथा पुरुष खेलाडीहरु छनोट

41

काठमाडौं । सातौं एनभीए क्लब भलिबल उत्कृष्ठ पुरुष तथा महिला-२०७९ मा सहभागी बागमती प्रदेश भलिबल संघको महिला तथा पुरुष खेलाडीहरु छनोट गरीएको छ। पुरुष टिम निमार्णका लागि बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्राचौर भलिबल ग्राउन्डमा सोमबार मकवानपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष वेश खड्की, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौलाको उपस्थितिमा छनोटको प्रक्रिया भएको छ । पाचौं तह II सन्तोष श्रेष्ठ तथा पाचौं तह I प्रशिक्षक रमेश बि. क. मिलेर पुरुष खेलाडी छनोट गर्नु भएको हो । छनोटका लागी ३५ जना पुरुष खेलाडीहरुको उपस्थिति रहेको थियो ।

महिला तर्फको टिम निमार्णका लागी बनेपा काभ्रेमा काभ्रे जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष मान वहादुर तमाङ्ग, भक्तपुर जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष तथा बागमती प्रदेश भलिबल संघका अध्यक्ष दिपक थापा,पाचौं तह II प्रशिक्षक उत्सब खड्का, राष्ट्रिय रेफ्रि हरि नारायण श्रेष्ठ, सत्य न्हुसत्व, तथा कार्यक्रम संयोजक दिलिप श्रेष्ठको उपस्थितिमा महिला खेलाडी छनोट सम्पन्न भएको जानकारी अध्यक्ष दिपक थापाले दिनुभयो। छनोटका लागी बागमती प्रदेशको ९ जिल्लाका ३२ खेलाडी सहभागी भएका थिए । महिला तथा पुरुष खेलाडीहरुको छनोट खेलाडीको नामावली १९ गते प्रकाशित गरिने छ।