मोलुङ्ग हाइड्रोपावरको आइपीओ खुला

126

ओखलढुङ्गा । मोलुङ्ग हाइड्रोपावरले आजदेखि आइपिओ निष्कासन गरेको छ । कम्पनीले जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशत १० प्रतिशत अर्थात् ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको जनाएको छ ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरूका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।