फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित

66

काठमाडौं । साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ ।

अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगिसकेको छ र ट्युनिसिया विरुद्ध जित वा बराबरीले फ्रान्स समूह विजेता बन्नेछ ।

अष्ट्रेलिया र डेनमार्कले बराबरी खेलेमा फ्रान्स पराजित भए पनि समूह विजेता बन्नेछ । यदी फ्रान्स ट्युनिसियासँग पारजित भएमा र अष्ट्रेलियाले डेनमार्कलाई पराजित गरेमा दुवैको समान ६ अंक हुनेछ र गोलअन्तरका आधारमा समूह विजेता निर्धारण हुनेछ । दुई खेलबाट १ अंक मात्र जोडेको ट्युनिसियाको लागि भने अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्नका फ्रान्सलाई हराउनैपर्नेछ भने डेनमार्क र अष्ट्रेलियाको खेल बराबरी हुनुपर्नेछ ।

अर्को खेलमा डेनमार्कसँग खेल्ने अष्ट्रेलिया जित हात पारे अन्तिम १६ मा पुग्नेछ । अष्ट्रेलियाको दुई खेलबाट ३ अंक छ र यदी फ्रान्सले ट्युनिसियालाई हराएमा डेनमार्कसँग बराबरी खेल पनि अष्ट्रेलिया अन्तिम १६ मा पुग्नेछ । ट्युनिसिया समान १ अंक रहेको डेनमार्कको लागि भने अष्ट्रेलिया विरुद्धको खेल जित्नैपर्नेछ भने फ्रान्सले ट्युनिसिया विरुद्ध हार टार्नुपर्नेछ ।