Monday, September 28, 2026
Home खेलकुद एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा

एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा

44

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगक लागि कोशी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदै छ । मुख्यमन्त्री कार्कीले टोलीलाई विदाइ गर्दै जितको शुभकामना दिए । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।