म गोल्डेन बुट होइन विश्वकप जित्न आएको हुँ: एमबाप्पे

142

काठमाडौं । फ्रान्सका स्टार किलियन एमबाप्पेले आफ्नो लक्ष्य व्यक्तिगत उपलब्धि भन्दा पनि विश्वकप जित्नु रहेको बताएका छन् ।

कतारमा जारी विश्वकप अन्तर्गत आइतबार पोल्याण्डलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा एमबाप्पेले दुई गोल गरेका थिए ।

कतारमा उनी ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा समेत शीर्ष स्थानमा छन् । अल थुमामा स्टेडियममा भएको खेलमा एमबाप्पेले ओलिभर जिरुडको गोलका लागि असिस्ट समेत गरेका थिए ।

‘मेरो एक मात्र उदेश्य भनेको विश्वकप जित्नु हो,’ एमबाप्पेले अंग्रेजीमा भने, ‘अब अर्को खेल क्वाटरफाइनल जित्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको मैले जे सपना देखेको छु र एक मात्र सपना विश्वकप जित्नु हो ।’