युएईको सातौँ विकेट पतन

22

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटको फाइनल युएईविरुद्ध नेपालले सातौँ सफलता हात पारेको छ। सातौँ विकेटका रूपमा आयान अफ्जाल खानलाई सन्दीप लामिछानेले ५ रनको अवस्थामा पेभिलियन पठाएका छन्। त्यसअघि गुल्सन झाले बसिल हमिदलाई १० रनमा आउट गर्दै नेपाललाई छैटौँ सफलता दिलाएका थिए।

युएई २६ ओभरको समाप्तीमा १ सय ४ रन बनाएर खेलिरहेको छ। युएईका लागि एक छेउबाट असिफ खानले ४५ रन बनाएर खेलिरहेका छन्। तर उनले गतिलो साथ पाउन सकिरहेका छैनन्। युएईलाई धारासायि बनाउने क्रममा नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र गुल्सन झाले समान १/१ विकेट लिइसकेका छन्।