Tuesday, October 13, 2026
Home अर्थ सुनको भाउ स्थिर

सुनको भाउ स्थिर

27

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ स्थिर रहेको हो।

यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै छापावाल सुन र ९४ हजार ९०० रुपैयाँमा तेजावी सुनको कारोबार भइरहेको छ।

चाँदीको भाउ भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ। बुधबार प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार भने घटेर एक हजार २८५ रुपैयाँमा कारोबार भएको छ।