गोरखा १ मा धितालको जित लगभग निश्चित

56

गोरखा । बामलोकतान्त्रिक गठबन्धनका गोरखा १ प्रदेशसभा (क) माओवादी नेता कृष्ण धिताल विजयको जित लगभग पक्का जस्तै भएको छ ।

गोरखा १ प्रदेश क मा नेकपा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र थापा धितालको मुख्य प्रतिस्पर्धामा रहे पनि एमालेको कमजोर सङ्गठन साथै यी क्षेत्रमा गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र एकीकृत सामवादीका वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा गठबन्धनका उम्मेदवार धिताल २० हजार ४ सय ६० मतले अगाडी देखिएका छन्।

गठबन्धनका दलहरूको सांगठानिक मतको अवस्था हेर्दा कृष्ण धिताल (विजय) निकै मतले अगाडी रहेका छन्। त्यस्तो त गोरखा-१ (क)मा मुख्य शक्ति भनेकै नेपाली काँग्रेस र माओवादी केन्द्र हुन्।गोरखा-१ (क)मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा माओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो शक्तिका रूपमा रहेका छन्। यो आधार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मत परिणाम हो।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा यस प्रदेशमा माओवादी केन्द्रले १४ हजार ६ सय ९१ मत, नेपाली कांग्रेसले १३ हजार ७२ मत प्राप्त गरेको छ । दुई दलको मत परिणामसहित नेपाल समाजवादी पार्टी र नेकपा समाजवादीको मत जोड्दा २८ हजार ५ सय ६१ मत मत गठबन्धनको पक्षमा देखिन्छ । यता सो क्षेत्रमा एमालेको मत ८ हजार १ सय १ रहेको छ ।

गत स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन दल आफ्नो पक्षमा परिणाम आउनेमा ढुक्क देखिन्छन् ।गोरखा-१ (क) मा कुल मतदाता ६० हजार ७ सय ४४ कुल मतदाता रहेको निर्वाचन कार्यालय गोरखाले जानकारी दिएको छ ।

यस क्षेत्रमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनाव जित्ने पक्कापक्की भएको गठबन्धनका जिल्ला नेताहरू बत्ताउँछन्। सरल र इमान्दार छवि बनाएका गठबन्धनका उम्मेदवार धिताल जनताको काममा लागिपर्ने नेताको रूपमा जिल्लामा स्थापित छन्।