नेपाली फिल्म ‘रेड वाईन’ निर्माण हुने

203

असोज ६,
काठमाडौं । नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘रेड वाईन’ मा काम गर्ने फाइनल भएको छ । यसै फिल्म मार्फत पहिलोपटक पल र साम्राज्ञी जोडीको रुपमा देखिदैछन् । ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको हो । पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए । निर्देशनमा भने पौडेलेको यो डेब्यु फिल्म हो । अमेरिकामै सम्पूर्ण छायाँकन हुने बताइएको फिल्म प्रेमकथामा निर्माण हुन लागेको हो । फिल्ममा कथा, गीत समेत निर्देशक पौडेलकै रहेको छ । फिल्ममा पल र साम्राज्ञीसँगै सन्दिप क्षेत्री र अमेरिकामा बसोबास गर्ने इमिली लामा लगायतको मुख्य भूमिका रहेको छ । पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सह निर्मातामा निरू भण्डारी हुन् ।