ड्रग्स केसमा जोडियो नायिकाको नाम

69

असोज ६,
काठमाडौं । बलिउड नायक सुशान्त सिंह राजपूतको निधनपछि ड्रग्स केस छानविन भईरहेको छ । यस केसमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती जेलमै छिन् । केहि समय अगाडी ड्रग्स केसमा सारा अली खान र रकुल प्रीत सिंहको नाम आएको थियो । यसैबीच, नायिका दीपिका पादुकोणको नाम पनि यो केसमा जोडिएको छ ।

नायिका दीपिका पादुकोणले जया शाहकी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको छ । दीपिकाले जया शाहकी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो । जयासँगको च्याटमा श्रद्धा कपूरको नाम पनि आएको छ । उनले जयासँग सीबीडी आयल मागेको खुलासा भएको छ ।