‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक : आर्यनको जोडी प्रियंका कि स्वस्तिमा ? (भिडियो)

448

साउन १०,
काठमाडौं । फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नस् :

ट्रेलरमा आर्यान सिग्देलको प्रेम जीवनमा आएको उताब चढाबलाई देखाइएको छ । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको बताइएको यो फिल्मको ट्रेलर निकै कन्फ्यूजन छ । को-कसको जोडी भन्ने छुट्याउन गाह्रो पर्छ ।

फ्लोरमा निस्कँदै गर्दा फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीको जोडी रहेको निर्माण टिमले जानकारी गराएको थियो । तर, ट्रेलरमा प्रियंकालाई लुकाइएको छ । न त यसअघि पोस्टरमा नै स्थान दिइएको थियो । ट्रेलरले आर्यनको जोडी अभिनेत्री स्वस्तिमा खड्का हुनसक्ने संकेत गर्छ । यद्यपि, दुईलाई ट्रेलरमा एकसाथ देखाइएको भने छैन ।

फिल्ममा आर्यनसँगै स्वस्तिमा खड्का, अखिलेष प्रधान शिवहरी पौडेल, प्रियंका कार्की, सलोन बस्नेत, विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट अखिलेष प्रधान डेब्यु गर्दैछन् । विकासराज आचार्यले निर्देशन गरेको फिल्मलाई विशाल चाम्लिङले निर्माण गरेका हुन् ।

यो फिल्मको कथा विशाल चाम्लिङले तयार पारेका हुन भने पटकथा सामिप्यराज तिमल्सेना र निर्देशक आर्चायले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले छायांकन गरेका फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो फिल्म साउन ३० गते देखि प्रर्दशन हुँदैछ ।