कांग्रेसको बैठकमा सहभागी हुन ‘पीसीआर’ गर्नु पर्ने

215

असोज ६
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते हुने भएको छ । बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुले अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने छ । त्यसका लागि कांग्रेसले असोज १५ गते पीसीआर परीक्षण गराउनेछ । उक्त परीक्षण बिहान ११ बजेदेखि ३ बजेसम्म गराउने पनि विज्ञप्तिमार्फत जनाइएको छ । सोमवार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै असोज १९ गते दिउँसो दुई बजे केन्द्रीय समितिको बैठक बस्ने बताएको हो । उक्त बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । साथै विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुनका लागि अनुरोध समेत गरिएको छ ।