अलपत्र दुई सय नेपाली स्वदेश फर्किए

84

साउन १७,
लन्डन । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज शनिबार दिउँसो दुई सयको हाराहारीमा नेपाली स्वदेश फर्किएका छन् । लन्डनबाट कतार एअरवेजको क्यूआर ००४ नम्बरको फ्लाइटबाट उडेका नेपालीहरु कतारको दोहास्थित हम्माद अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिटका लागि अवतरण गर्नेछन् ।यसैगरी दोहाबाट भोलि आइतबार स्थानीय समय अनुसार बिहान ६ बजेर ३५ मिनेटमा काठमाण्डौका लागि उड्ने कतार एअरवेज क्यूआर ३१६० नम्बरको जहाज नेपाली समय अनुसार दिउँसको १ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गर्नेछ ।

लकडाउनका कारण यूके लगायत युरोपका विभिन्न स्थानमा हजारौंको संख्यामा नेपालीहरु अलपत्र परेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलको टर्मिनल ५ र बेलायतको म्यानचेस्टरबाट पनि युरोपका विभिन्न स्थानका नेपालीहरु आजै स्वदेश फर्कदैछन् ।