Tuesday, November 3, 2026
Home Uncategorized बेलायतको पीआर मुस्किल हुने

बेलायतको पीआर मुस्किल हुने

1

काठमाडौं । अब बेलायतमा नयाँ नियम अनुसार, स्थायी बसोबासका लागि १० वर्ष पुर्याइएको छ । यसअघि भएको पाँच वर्षबाट दोब्बर बनाउँदै १० वर्ष बनाएको छ । बेलायत सरकारले स्थायी बसोबास (पीआर) सम्बन्धी बहुप्रतिक्षित नयाँ नियम घोषणा गरेको छ । बेलायती गृहमन्त्री सबाना महमुदले सोमबार संसदमा स्थायी बसोबास अर्थात आइएलआर (इन्डिफिनिट लिभ टु रिमेन) भिजा लिन चाहने आप्रवासीका लागि नयाँ नियम सार्वजनिक गरेकी हुन् ।

वार्षिक ५० हजार, २ सय ७१ पाउन्ड तलब हुने उच्च आय भएका व्यक्ति तथा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा कार्यरत डाक्टर, नर्स, फिजियोथेरापिष्ट, डेन्टल प्राक्टिसनर, शिक्षक लगायत पाँच वर्षपछि स्थायी बसोबास (सेटलमेन्ट) का लागि योग्य हुनेछन्।
कानुनी रूपमा आएका शरणार्थीहरू पनि पाँच वर्षमा आईएलआरका लागि आवेदन दिन सक्षम हुनेछन् ।
उता, वार्षिक रूपमा कम्तीमा २५ हजार पाउन्ड कमाउने र मे २०२५ अघि बेलायत आइपुगेका केयर वर्करहरूले पनि पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउनेछन्।