एमाले नेता बस्नेतले गरे नगरकोटमा झुलुंगे पुलको समुद्घाटन, तस्विरमा हेरौं

252

नगरकोट । चाँगुनारायण नगरपालिकाको वडा नं. ६ र ७ जोड्ने झुलुंगे पुलको नेकपा एमालेका नेता महेश बस्नेतले समुद्घाटन गरेका छन् । आज एक कार्यक्रम बिच झोलुङ्गे बनाउन पहल गरेका एमालेका पोलिटब्युरो सदस्य,पूर्वमन्त्री, निवर्तमान सांसद महेश बस्नेत केन्द्रिय सदस्य, चाँगुनगरपालिकाका निवर्तमान मेयर सोम प्रसाद मिश्र उक्त पुलको उद्घाटन गरेका हुन् । रानी झुला नामाकरण गरिएको उक्त पुलले चाँगुनारायण नगरपालिका वडा नं ७ को वनपँधेरो र ६ को बास्तोला गाउँ जोड्नी कार्य गर्दछ । यो एउटा पर्यटकिय आकर्षण नयाँ गन्तव्य हुने समेत अतिथी र स्थानीय बासिन्दाले अपेक्षा गरेका छन् ।

तस्विरः जयराम बस्तोला