अब सोलार बिना इन्भर्टर राख्न नपाइने

303

solar_panels_on_a_roof-e1428324191721
काठमाडौं । विद्युत चुहावट नियन्त्रण गर्न उर्जामन्त्री जनार्दन शर्माले उपभोक्तालाई प्रत्यक्ष सहभागी गराउने योजना अघि सारेका छन् । उनले अब कुनैपनि स्थानमा सोलार पाताबिना इन्भर्टर जडान गर्न नपाइने नियम समेत लागू गर्ने तयारी भइरहेको बताए । मोरङको रङगेलीमा स्थानीय उपभोक्ता र प्राधिकरणका कर्मचारीबीचको संयुक्त अन्तरक्रियामा बोल्दै उनले यस योजनाबारे बोर्डमा छलफल शुरु भएको जानकारी दिएका छन् । बिद्युत चोरी र चुहावट गर्ने कार्यलाई कानुनले नै सार्वजनिक अपराध घोषित गरेको अवस्थामा यस्तो अपराध नियन्त्रण गर्न नयाँ कार्ययोजना अघि सार्नुपर्नेमा उनले जोड दिए । उर्जामन्त्री शर्माले सोलार पाता विना घरमा इन्भर्टर चलाउन नपाइने निर्णय सरकारले गरेको जानकारी दिए । इन्भर्टर चलाउनेहरुले घरको छतमा अनिवार्य रुपमा सोलार पाता जडान गरेको हुनुपर्ने भन्दै उनले त्यसो नगरेको पाइए नियमअनुसार कार्वाही हुने चेतावनी दिए ।