मध्यपुरलाई ‘सुन्दर’ बनाउदैं मदन सुन्दर

246

साउन १७,
भक्तपुर । मुर्छित रहेका मध्यपुरका केही सांस्कृतिक सम्पदाहरु ब्युँझाउन नगरपालिका सक्रिय भएको छ । राष्ट्रिय विभूति शंखद्यर पार्कदेखि बालकुमारीको दुई पोखरी मात्र होइन यतिबेला व्यक्तिगत सम्पति बनिसकेको कमलपोखरीलाई समेत प्राण भर्न लागिपरेका छन् मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ । २०७४ साल जेठमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका श्रेष्ठले

सांस्कृतिक सम्पदा र परम्परालाई जोगाउन बजेट विनियोजन गर्दै आएका छन् ।
भग्नावशेषमा परिणत भएका मन्दिर, पार्टी, धारा, खेल मैदान बनिसकेको पोखरीलाई जोगाउन गुरुयोजना सहित अगाडी बढिरहेका छौं, श्रेष्ठले भने । नगरप्रमुख श्रेष्ठका अनुसार अस्तित्व विहिन अवस्थामा पुगेका सम्पदाहरुलाई जोगाउदैं अन्य भग्नावशेष भएकालाई पूर्ननिर्माण गर्ने काम भई रहेको छ । शंखधर पार्क ,बालकुमारी मन्दिर ,बिष्णुकुण्ड, दुई पोखरी ,जीवित संग्राहलय निर्माण, सिद्धीकाली मन्दिर, बौद्ध विहारलगायतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

नगरप्रमुख श्रेष्ठले भने ‘ निर्वाचित भएर आएदेखि हामीले क्रमश ११, १८, २५ करोड रुपैयाँ र आगामी आर्थिक वर्षलाई ३३ करोड रुपैयाँ सम्पदा पूर्ननिर्माण र संरक्षणकालागि छुट्टाएका छौं । ’‘नगपालिकाले सांस्कृतिक गुरुयोजना नै बनाएर कार्य गरिरहेकोले बर्षौ देखि जीर्ण बनेका, झाडीले छोपिएर हराउन लागेका, अतिक्रमणमा परेका सम्पादाहरु जीवित हुन थालेका छन’् नगरप्रमुख श्रेष्ठले भने । फोहर फाल्ने स्थानहरु पार्कमा परिणत भएका छन् भने खेल मैदान बनेका पोखरीमा पानी जम्ने अवस्थामा आइ पुगेका छन् ।

जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व थालेपछि मध्यपुर थिमि नगरको ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाहरु मौलिकशैली बन्ने क्रमजारी रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । सम्पदाहरुलाई पर्यटकीय गन्तव्य स्थलका रुपमा तयार गर्ने योजना रहेको प्रमुख श्रेष्ठको भनाई छ । श्रेष्ठले नगरभित्रका मुर्त र अमुर्त सम्पदाको संरक्षणका लागि नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिरहेको बताए ।

देशमै नमुनाको रुपमा सुरु भएको जापानीज प्रबिधिको कम्पोष्ट मल बनाउने योजना मध्यपुरमा सुरु भएको केही समय भयो । मध्यपुर थिमि वडा नम्बर ४ मा रहेको कम्पोष्ट मल केन्द्रमा जापानिज प्रबिधि आधारीत रहेर मल बनाउने गरिन्छ । तिब्र शहरीकरणले फोहोर व्यबस्थापन निकै चुनौती थप्दै आएको बेलामा दिगो सफाईको प्रभावकारी माध्यम कम्पोष्ट मल बनाउने कार्य हुन सक्छ ।
प्रमुख श्रेष्ठले मध्युरथिमिको फोहोर व्यबस्थापनमा यसले सघाऊ पुर्याएको बताए ।
भान्छाबाट निस्कने फोहोरलाई मोहर बनाउने कार्यमा नगरपालिका लागि परेको छ । अघिल्लो आर्थिक वर्षमा करिब ३ करोड रुपैयाँको कम्पोष्ट मल बिक्री गरिएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

मध्यपुरका चूनौतिहरु
नगरपालिका जनप्रतिनिधीहरु निर्वाचित भएर आएपछि विकाश निर्माणले गति पाएको छ । तर, दलिय स्वार्थका कारण मध्यपुरथिमिमा समयमा नै बजेट सार्वजनिक हुन सकिरहेको छैन् । अर्का तर्फ फैलिदैं गरेको नयाँ बस्तीलाई व्यवस्थित गर्नु ठुलो चूनौती रहेको छ । नगरमा नयाँ घर बन्नेक्रम तीव्र छ त्यहिँ अनुरुप खानेपानी, ढलनिकाश, सडक व्यवस्थापन गर्नु पर्ने देखिन्छ । भने अर्को तर्फ केही सडक विस्तार गर्ने क्रममा पर्ने पुराना बस्तीलाई संरक्षण गर्दै वैकल्पिक उपाय खोज्नु पर्ने दायित्व समेत जनप्रतिनिधीहरु रहेको छ ।

भक्तपुरका चार स्थानीय तहमा फोहर व्यवस्थान ठुलो चूनाती बन्दै गइरहेको छ । यसबाट मध्यपुर थिमिलाई समेत असर परिहेकाले त्यसतर्फ ध्यान दिनु पर्ने देखिन्छ । राजनितिक रुपमा तत्कालिन नेकपा एमाले (हालः नेकपा)बाट निर्वाचित मदनसुन्दरलाई नगरकार्यपालिकामा भने केही असहजता छ । तर, पनि ती कुरालाई मिलाउदैं उनी मध्यपुरको सम्पदा र परम्परा जोगाउन सक्रिए छन् ।

बहुमत कार्यापालिका सदस्य सहित उपप्रमुख पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएकाले बेला–बेलामा भने मध्यपुर थिमिमा राजनीतिक रंग देखिने गरेको छ ।