Sunday, September 27, 2026
Home मनोरन्जन ‘प्रेमगीत ३’ को छायांकन सकियो

‘प्रेमगीत ३’ को छायांकन सकियो

167

माघ ९,
काठमाडौं । ‘आशुसेन फिल्मस्’को व्यानरमा बनेको प्रेमगीत सन्तोष सेनको लगानी रहेको चलचित्र ‘प्रेमगीत ३’ को सुटिङ सकिएको छ। प्रेमकथामा निर्माण हुने चलचित्रलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रूपमा निर्देशन गरेका हुन्। ७० दिनमा फिल्मको सुटिङ सकिएको फिल्म निर्माता सेनले जानकारी दिए। विषयवस्तुको चरण समाप्तिसँगै ४ फिट हिउँको थुप्रो छिचोल्दै सम्पूर्ण युनिटलाई सफल्तापूर्वक विभिन्‍न माध्यमबाट सम्बन्धित स्थानमा पुर्‍याउन सफल भएका छौँ, सेनले भने, आफूहरूलाई साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु। अब छिट्टै पोस्ट प्रोक्डसनको काम थालनी हुनेछ। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय रहेको छ। चलचित्र चैत २८ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ।