Friday, September 18, 2026
Home मनोरन्जन ‘छवि ओझा नम्वर वान प्रोड्यूसर’, रेखा थापा

‘छवि ओझा नम्वर वान प्रोड्यूसर’, रेखा थापा

784

फागुन २१,
निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापा सम्भवतः घरेलू फिल्ममा सर्वाधिक गसिप लेखिने जोडी हुन् । बिहे, डिभोर्स अनि मित्रता यी पूर्वपति र पत्नीको समिकरण हो । यो कपल अहिले पनि गसिपबाट टाढा छैन ।
तर, पछिल्लो समय भने छवि र रेखाको मन पग्लिएजस्तै देखिन्छ । रेखाको जन्मदिनमा छवि उपस्थित हुनु र छविको जन्मदिनमा रेखाले शुभकामना दिनु जस्ता क्रियाकलापले पनि यी दुईले पुरानो दुश्मनी भुल्दै गएको अनुमान लगाउन सकिन्छ
यसैबीच, फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छवि ओझा निर्मित फिल्म मंगललाई अभिनेत्री थापाले शुभकामना दिएकी छिन् ।
सोमवार फेसबुकमा फिल्मको ट्रेलर शेयर गर्दै उनले लेखेकी छन्,ुनेपाली फिल्म क्षेत्रका बाले बनाएको फिल्म ुमंगलु यही शुक्रबार फागुन २५ गते देखि प्रदर्शनमा आउँदैछ । छवि बा रुमंगलम को सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।ु