वीरेन्द्रनगरमा कर्फ्यु आदेश

188

माघ १४,
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मङगलबार वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेको छ । टिप्परको ठक्करबाट वीरेन्द्रनगरमा एकजनाको मृत्यु भएपछि उत्तेजित भीडले थप क्षति गर्नसक्ने भन्दै प्रशासनले कर्फ्यूको आदेश जारी गरेको हो । टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपािलका–३ का २१ वर्षीय केशरबहादुरको सिंहको मृत्यु भएको थियो । वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट सिंहको मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट सिंहको मृत्यु भएसँगै आफन्तले नाराबाजी गरेका थिए । नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको छ । हवाइ फायरबाट ८ जना घाइते भएका छन् । मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट कर्फ्यु लगाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुरक्षा स्थितिलाई नियन्त्रणमा लिनको लागि ६ः३० बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मको लागि कर्फ्यु आदेश जारी भएको छ ।

कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र कसैले आवातजावात गर्न, भेला जम्मा हुन र अन्य कुनै किसिमको गतिविधि गर्न नपाइने सुर्खेत प्रहरी प्रमुख डिल्लीराज पन्तले जानकारी दिए । स्थानीय प्रशासन ऐन (संशोधनसहित) २०२८ को दफा (क) बमोजिक कर्फ्युको आदेश जारी गरिएको प्रमुख पन्तले बताए ।
कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकताअनुसार सुरक्षाकर्मीले गोली चलाउनसक्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कर्फ्यु पूर्वमा इत्राख खोला, पश्चिममा बाङ्ेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर दक्षिण गेटसम्म लागू हुने बताइएको छ ।