प्रभु लाइफ एजेन्सी मेनेजरको सम्पर्क कार्यालय कमलविनायकमा

413

माघ ३,
भक्तपुर । प्रभु लाइफ इन्सुरेन्स लिमिटेड गोङ्गबु शाखा अन्तरगत एजेन्सी मेनेजरको सम्पर्क कार्यालय कमलविनायकमा खुलेको छ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उदघाटन गरेका छन् । यो सिनियर एजेन्सी मेनेजर श्री दिपक बास्तोलाको सम्पर्क कार्यालय हो । उक्त उद्घाटन कार्यक्रममा कम्पनीका सिनियर व्यवसाय अधिकृत प्रयास श्रेष्ठ, एजेन्सी बिभाग प्रमुख प्रभात सिवाकोटी, प्रशिक्षण विभाग प्रमुख योगेन्द्र खतिवडा बागमती प्रदेश प्रमुख सागर केसीलगायतको उपस्थिती रहेको थियो । भक्तपुरमा बीमा बजार बिस्तार र जनमानसमा जीवन बीमाको ज्ञान, आवश्यकताको बारेमा जनचेतना बिस्तारमा यस कार्यालयले ठुलो भूमिका खेल्नेमा सिनियर एजेन्सी मेनेजर दिपक बास्तोलाले बताए ।