विनय किन परिवारसहित त्रिशुलीमा हाम्फाले ?

205
Tourists enjoy rafting in Trishuli River on Sunday, March 15, 2016. Photo: RSS

माघ ३,
काठमाडौँ । बिहीबार साँझ धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फाले । काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदिमा हेलिएका हुन् । नदीमा हाम्फालेका उनीहरुमध्ये विनयलाई जीवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ । त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित आदमघाटस्थित ससुराली जान भनेर काठमाडौँबाट २ बजे हिँडेपनि गोरखाको घ्याल्चोक पुगेका थिए । घ्याल्चोक पुगेर बाटोमा ससुराली घर जाने भन्दै उनीहरु गाडी गुड्ने पक्की पुलबाट नआएर बाँदरेस्थित झोलुङ्गे पुलबाट फर्कंदै थिए । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा छ ।कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । -रातोपाटीबाट